काभ्रे । जिल्लाको महाभारत गाउँपालिकाले पनि तामाङ समुदायको महान साँस्कृतिक पर्व सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
पौष २५ गते बसेको महाभारत गाउँकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महाभारत गाउँपािलकाका प्रवक्ता रविन मोक्तानले जानकारी दिएको हो ।
८० प्रतिशत भन्दा बढी जनसंख्या रहेको महाभारत गाउँपालिामा ल्होछारलाई घर–घरमा मनाउन सार्वजनिक विदा दिएको प्रवक्ता मोक्तानले तेमाल अनलाइनलाई बताए । ‘बहुसंख्याक जनताको अपेक्षा र भावनालाई सम्मान गर्दै सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।’ प्रवक्ता मोक्तानले भने, ‘त्यसैले आगामी माघ २१, २२ र २३ गते गाउँपालिका भरि सार्वनिक विदा हुनेछ ।
यस अघि काभ्रेको रोशी गाउँपाकिला र तेमाल गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।
यो पनि पढ्नुहोस्ः
‘तेमाल गापाले सोनाम ल्होछारमा ३ दिन विदा दिने निर्णय’ –प्रवक्ता मोक्तान
रोशी गाउँपालिकाको निर्णयः सोनाम ल्होछारमा ३ दिन विदा
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















