तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा कोभिड–१९ विरुद्ध खोप अभियानको तेस्रो दिन १४० जनाले खोप लगाएका छन् । आज वडा नं. ६ स्थित ठूलोपर्सेल स्वास्थ्य चौकी खोप केन्द्रमा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई खोप लगाएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकका अनुसार आज खोप लगाउनेमा ६४ पुरुष र ७६ महिला रहेका छन् ।
खोप केन्द्रमा वडा अध्यक्ष विकुलाल तामाङ लगायत वडाका जनप्रतिनिधिहरूको सहभागिता रहेका थिए ।
भोलि चौथो दिन वडा नं. ४ को बोल्देफेदीचे स्वास्थ्य चौकी खोप केन्द्रमा खोप लगाइने छ ।
याे पनि पढ्नुहाेस्
तेमालमा कोभिड–१९ विरुद्ध खोप अभियानः पहिलो दिन ११९ जनाले लगाए खोप
तेमालमा कोभिड–१९ विरुद्ध खोप अभियानको दोस्रो दिन: ८९ जनाले लगाए खोप
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















